Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जनार्दनको प्रश्न– ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’

जनार्दनको प्रश्न– ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’


  • 1.2K
    Shares

    जनार्दनको प्रश्न– ‘नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ ?’
    images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबीचको अन्तरविरोधका कारण विघटनको संघारमा पुगेको बताएका छन् । बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तकको परिचर्चा कार्यक्रममा उनले माक्र्सवादी दर्शनलाई आत्मसात गर्न नसक्दा नेपाली कम्युनिस्ट आन्दोलन संकटमा परेको बताएका हुन्। 

    माक्र्सवादी दर्शनको सार व्याख्या गर्नु मात्र नभई परिवर्तन गर्नु रहेको उनले बताएका छन् । उनकाअनुसार किताबी दर्शन र जीवन व्यवहारबीचको दूरी, संसदवादप्रतिको अत्याधिक झुकाव तथा जडसूत्रीय ढंगले माक्र्सवादलाई कुण्ठित गर्ने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको हो । शर्माले भौतिकवादी दर्शनको वकालत गर्ने नेताहरू स्वयं व्यवहारमा आदर्शवादी बनेको आरोप लगाएका छन् । 

    भनाईमा भौतिकवादी र जीवनमा आदर्शवादी मान्यता राख्ने नेतृत्वको कारण कम्युनिस्ट आन्दोलन विघटनको संघारमा पुगेको उनको दाबी छ । उनले आफूमा समेत यस्तो कमजोरी देखिएको स्वीकार गरेका छन्। 

    उनले नेपालमा वास्तविक कम्युनिस्ट पार्टी छ कि छैन भन्ने विषयमा पनि गम्भीर बहस आवश्यक रहेको बताएका छन् । कुन सिद्धान्तका आधारमा कसलाई कम्युनिस्ट पार्टी भन्ने हो रु उनको प्रश्न छ । उनले नेपालका कम्युनिस्ट पार्टीहरु जनताको जीवनसँग जोडिन नसकेको आरोप लगाएका छन् । जनतासँग जोडिएको दाबी गर्ने शक्तिहरू पनि आदर्शवादी ढंगले अघि बढेको उनको टिप्पणी छ ।

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १६:२७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij