२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । संखुवासभाको सदरमुकाम खाँदबारीमा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खस्दा एक जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा खाँदबारी नगरपालिका -८ का २५ वर्षीय विज्ञान विश्वकर्मा रहेका छन् ।
खाँदबारी नगरपालिका -१ स्थित हिमालय माध्यमिक विद्यालय परिसरमा कम्पाउन्ड वाल निर्माणका क्रममा उनीमाथि अचानक माटोको ढिस्को खसेको थियो ।
माथिबाट खसेको माटोको ढिस्कोले विश्वकर्माको टाउको भन्दामुनिको सबै भाग पुरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनलाई सकुशल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा पठाइएको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij