Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बाँदर लखेट्दा भिरबाट लडेर ६५ वर्षीय ढुंगेल गम्भिर घाइते

बाँदर लखेट्दा भिरबाट लडेर ६५ वर्षीय ढुंगेल गम्भिर घाइते


  • 1.3K
    Shares

    बाँदर लखेट्दा भिरबाट लडेर ६५ वर्षीय ढुंगेल गम्भिर घाइते
    images

    काठमाडौं । रामेछापमा बाँदर लखेट्ने क्रममा भिुरबाट लुड्दा ६५ वर्षीय ठेटबहादुर ढुंगेल गम्भीर घाइते भएका छन्। मन्थली नगरपालिका–८, चिसापानीका ढुंगेल सोमबार दिउँसो घरछेउको बारीमा आएका बाँदर लखेट्ने क्रममा भिुरबाट लुडेर घाुइते भएका हुन्।

    परिवारका अनुसार लड्दा उनको टाउको, छाती र खुुट्टामा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी मन्थली अस्पताल लगिुएको थियो। त्यहाँ उपुचार सम्भव नभएपछि धुलिखेल अस्पतालमा रेफुर गरिएको छ। स्थानीयका अनुसार बफर खोला नजिकको खेतबारीमा बाँदरको ठूलो समूह पसेर बाली नष्ट गर्न थालेपछि ढुंगेल उनीहरूलाई धपाउन गएका थिए। तर अन्नबाली जोगाउन बाँदर लखेट्दै गर्दा उनी दुर्घटनामा परेका हुन्।

    रामेछापमा लामो समयदेखि बाँदरको आतंकले स्थानीय किसानहरू चर्को पीडामा छन्। यता गुल्मीका किसानहरूलाई पनि यतिबेला बाँदर र बँदेलको बढ्दो आतंकले धुरुक्कै पारेको छ। वर्षभरि पसिना बगाएर हुर्काएको मकैबाली पाक्ने बेलामा वन्यजन्तुले खेतबारीमै सखाप पारिदिएपछि स्थानीय किसानहरू निकै निराश बनेका हुन्।

     

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १२:४१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij