Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारसँग हर्कराज राईको मागः सुकुम्बासीहरुको तत्काल पुनर्वासको व्यवस्था गरियोस्

सरकारसँग हर्कराज राईको मागः सुकुम्बासीहरुको तत्काल पुनर्वासको व्यवस्था गरियोस्


  • 1.2K
    Shares

    सरकारसँग हर्कराज राईको मागः सुकुम्बासीहरुको तत्काल पुनर्वासको व्यवस्था गरियोस्
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

    बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरुले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्दै उनले उनीहरुलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराएका छन् ।

    अध्यक्ष राईले सुुकुम्बासीहरुले आफूहरु पहिला बसेको ठाउँमा नै सिटी प्लान गरेर पुनर्वास गराउँदा राम्रो हुने भनेकाले सरकारले उक्त कुरा अनुसार नै काम गरे हुने अध्यक्ष राईको भनाई थियो । उनले प्रधानमन्त्री बालेन्द्र साहले सीमा सम्बन्धि अभिव्यक्ति संसदको रेडर्कबाट नहटेसम्म आफूहरुको विोध संसदमा जारी रहने पनि स्पष्ट पारेका छन् ।

    अध्यक्ष राईले भने,‘ प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ । र उनले आफनो कर्तव्यबोध गरेर संसदमा  आएर हाम्रो केही प्रश्नहरुका उत्तर पनि दिनुहुनेछ । अर्को कुरा उहाँकै निर्देशनमा भन्ने हामीलाई जानकारी छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उहाँहरुलाई बेघरबार बनाउनु भयो । बेहाल स्थिति छ । र अहिले कीर्तिपुरलगायतका राखिएका होल्डिङ सेन्टरहरुमा खाना, पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरु नै हुुनुहुन्छ पक्कै पनि । मैले उहाँहरुले आन्दोलन गरिरहेका दृष्य हामीले देखिरहेका छौँ ।   

     

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - ११:४४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij