२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपरेसन सञ्चालन गरेर बुधबार बिहान उनीहरूलाई पक्राउ गरेको हो । काउन्टर आसपासमा सक्रिय भएर बल्खु हुँदै उपत्यका बाहिर यात्रा गर्न खोज्नेहरूलाई उनीहरुले हैरानी दिने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताएका छन् ।
पक्राउ परेकाहरूलाई मुद्दा चलाउनको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने एसपी सुवेदीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij