Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प


  • 1.3K
    Shares

    इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
    images

    काठमाडौं । मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरएको छैन ।

    मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे भूकम्प गएको जनाइएको छ ।इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार भूकम्प पालू र सिगीमा भूकम्पको ठुलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने नरहेको जनाइएको छ ।

    दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त “रिंग अफ फायर“ लगायतमा यसको अस्थितिको कारण बारम्बार भूकम्प आउने गरेको जनाइएको छ ।

    यसअघि सन् २०१८ मा पालूमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीका दुइ हजार २०० भन्दा बढीको ज्यान गएको थियो ।    

     

     

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १४:०६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij