Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नवीकरण नभएका औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज

नवीकरण नभएका औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज


  • 995
    Shares

    नवीकरण नभएका औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
    images

    काठमाडौं । औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको प्रमाणपत्र स्वतः खारेज भएको जनाएको हो । 

    तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जानकारी दिएको छ । औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था र सोही ऐनको दफा ११ को उपदफा ९५० बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था लागू गरिएको हो । 

    विभागले जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको सूचीसमेत यसै सूचनाका साथ संलग्न गरी सार्वजनिक गरेको छ । म्याद समाप्त भइसकेका पसलहरूले अब कानुनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन् । 

    यसैबिच, औषधि व्यवस्था विभागले सम्पूर्ण औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ । कानुनी मापदण्ड पूरा नगरी औषधि व्यवसाय सञ्चालन नगर्न र जनस्वास्थ्यमा खेलबाड नगर्न समेत सचेत गराइएको छ । 

    598259171_1494743641723700_5809892660018776463_n_bIgy9DKYTU.png

     

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १२:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij