Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्वास्थ्य मन्त्रालयद्वारा पदाधिकारी पदका लागि दरखास्त आह्वान

स्वास्थ्य मन्त्रालयद्वारा पदाधिकारी पदका लागि दरखास्त आह्वान


  • 1.3K
    Shares

    स्वास्थ्य मन्त्रालयद्वारा पदाधिकारी पदका लागि दरखास्त आह्वान
    images

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरू, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले आज मङ्गलवार एक सूचना जारी गर्दै इच्छुक र योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो । 

    मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन खुला गरिएको छ ।

     यसैगरी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि ७ जना सदस्य र १ जना सदस्य सचिव, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि कार्यकारी निर्देशक, तथा स्वास्थ्य बिमा बोर्डका लागि अध्यक्ष र कार्यकारी निर्देशक पदमा दरखास्त माग गरिएको छ । नेपाल नर्सिङ परिषद्को हकमा भने उपाध्यक्ष पदका लागि समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

    योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र आवेदन पेस गरिसक्नुपर्ने सूचनामा उल्लेख छ । 

     

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - ११:५५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij