Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

३० हजार साउदी रियाल लिएर दुबई उड्न लागेका मगर पक्राउ

३० हजार साउदी रियाल लिएर दुबई उड्न लागेका मगर पक्राउ


  • 2.2K
    Shares

    ३० हजार साउदी रियाल लिएर दुबई उड्न लागेका मगर पक्राउ
    images

    काठमाडौं । ३० हजार साउदी रियाल लिएर दुबई जान लागेका युवक विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-१० घर भएका १९ वर्षीय समिर बहादुर मगर रहेका छन्। 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको साउदी रियाल ३० हजार उनलाई प्रहरीले पक्राउ गरेको हो। 

    हिमालय एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त साउदी रियाल फेला पारी पक्राउ गरेको हो।  

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - ०८:१४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij