Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ठमेलमा समातिएका विदेशीको पेटभित्र डेढ किलो कोकिन

ठमेलमा समातिएका विदेशीको पेटभित्र डेढ किलो कोकिन


  • 1.1K
    Shares

    ठमेलमा समातिएका विदेशीको पेटभित्र डेढ किलो कोकिन
    images

    काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँबाट करिब १ किलो ५०० ग्राम अवैध लागु औषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको दक्षिण दिल्ली, खानपुर बस्ने ३६ वर्षीया रुबी, ३१ वर्षीया सोनी र ४३ वर्षीय नागरिक आमादु सार रहेका छन् ।

    ब्युरोका अनुसार जेठ २६ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ मार्फत इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएका सेनेगलका शङ्कास्पद रूपमा निगरानीमा राखिएको थियो । उनलाई ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा सुरुमा उनको मुखबाट निलेर पेटभित्र लुकाई ल्याइएको १६ वटा प्लास्टिक कोटेड कोकिन क्याप्सुल फेला परेको थियो ।

    थप अनुसन्धानका क्रममा उनको पेटभित्र अन्य क्याप्सुलहरू समेत रहेको खुलेपछि प्रहरीले उनलाई अस्पताल भर्ना गराई चिकित्सकहरूको सहयोगमा थप ६० वटा क्याप्सुल निकालेको थियो । उनको पेटबाट निकालिएका जम्मा ७६ वटा क्याप्सुलभित्र कुल १ किलो ५०० ग्राम कोकिन फेला परेको ब्युरोले आज एक विज्ञप्ति निकालेर जनाएको छ । 

    प्रहरीका अनुसार पक्राउ परेका सारमाथि थप अनुसन्धान गर्ने क्रममा उक्त कोकिन बुझ्न भारतको नयाँ दिल्लीबाट दुई महिला काठमाडौँ आएको खुलेको थियो । सोही सूचनाका आधारमा प्रहरीले जेठ ३१ अर्थात् आइतबार ठमेलस्थित सोही होटलबाट पक्राउ गरेको हो ।

     

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १७:२८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij