२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि ५ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेटबाट यातायात कार्यालयको सेवा प्रवाह सुदृढ गर्ने, यातायात क्षेत्रलाई डिटाइजेशन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
उनका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सङ्घीय सरकारसँगको समन्वयमा प्रदेशमा नै सवारी चालक अनुमति पत्र छपाइको काम अघि बढाउने छ ।
प्रदेशमा उद्योग क्षेत्रको विकासका लागि औद्योगिक ग्राम निर्माण तथा सञ्चालन गर्ने बजेट व्यवस्था गरिएको उनले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij