Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

प्रविधि र नयाँ पुस्तालाई जोड्न महासचिव पोखरेलको आग्रह

प्रविधि र नयाँ पुस्तालाई जोड्न महासचिव पोखरेलको आग्रह


  • 1.1K
    Shares

    • images
    प्रविधि र नयाँ पुस्तालाई जोड्न महासचिव पोखरेलको आग्रह
    images

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तिब्र विकाससँगै पार्टीको प्रचार शैली रक्षात्मक (डिफेन्सिभ) बन्दै गएको स्वीकार गरेका छन् । 

    सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । महासचिव पोखरेलले विगतमा प्रचारको काममा प्रभावकारी देखिएको पार्टी हालका दिनमा केही पछि परेको उल्लेख गरेका छन् ।

    पार्टीका कार्यकर्ताहरू प्रविधिको प्रयोगकर्ता मात्र भएको तर दक्ष हुन नसकेको उनको ठम्याइ छ । उनले सामग्री निर्माण (कन्टेन्ट क्रिएसन) र लोकप्रिय डिजिटल प्लेटफर्महरूको अधिकतम उपयोगमा देखिएको खाडललाई पुर्नुपर्नेमा जोड दिएका छन्। पार्टीको प्रचार संयन्त्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । 

    उनले भने, ‘पहिले हामी प्रचारको काममा प्रभावकारी थियौं, तर पछिल्लो समय प्रचारको काममा हामी अलिकति रक्षात्मक (डिफेन्सिभ) भएका छौँ । यसको कारण के हो भन्ने कुरा पनि स्पष्ट नै छ । खासगरी सूचना प्रविधिको जति विकास हुँदै गएको छ, सूचना प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गर्ने नयाँ पुस्ताको प्रभाव पनि त्यति नै बढ्दै गएको छ । 

    images
    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १६:२३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij