Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुस्तामा भारतीय एसएसबी प्रवेशबारे राप्रपाले माग्यो सरकारसँग जवाफ

सुस्तामा भारतीय एसएसबी प्रवेशबारे राप्रपाले माग्यो सरकारसँग जवाफ


  • 1.1K
    Shares

    सुस्तामा भारतीय एसएसबी प्रवेशबारे राप्रपाले माग्यो सरकारसँग जवाफ
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको विषयमा स्पष्ट धाराणा सार्वजानिक गर्न सरकारसंग माग गरेको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपाका सांसद भरत गिरीले सरकारसँग उक्त माग गरेका हन् । 

    सांसद गिरीले जुन १३ मा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ थारु टोल क्षेत्रमा हतियारसहितका भारतीय एसएसबी जवानहरू बिना अनुमति नेपाली भूमिमा प्रवेश गरेको उल्लेख गर्दै स्थानीय किसानले प्रतिरोध गर्दै उनीहरूलाई फर्काएको बताएका छन् । राज्यको कमजोर उपस्थितिका कारण सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकहरूले बिना बर्दीका सिपाही बनेर देशको रक्षा गरिरहेको उनको भनाई छ ।

    उनले पूर्वको पशुपतिनगर देखि पश्चिमको महाकालीसम्म फैलिएको नेपाल–भारत खुला सीमामा बस्ने लाखौं नागरिकको सुरक्षाप्रति सरकारको धारणा के हो ? भन्ने प्रश्न उठाएका छन् । सुस्ता घटनालाई मात्र नभई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका सीमा विवादसँग जोडिएको राष्ट्रिय संवेदनशील विषयका सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । सांसद गिरीले सीमामा यस्ता घटना दोहोरिन नदिन संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्न, सीमा सम्बन्धी विषयलाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा आगामी नेपाल–भारत परराष्ट्रस्तरीय बैठकहरूमा यस विषयलाई स्पष्ट रूपमा उठाउन सरकारसँग माग गरेका छन् । 

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १२:२६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij