Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे संसद्‌मा उठ्यो प्रश्न

दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे संसद्‌मा उठ्यो प्रश्न


  • 1.0K
    Shares

    दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे संसद्‌मा उठ्यो प्रश्न
    images

    काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहित विपरित रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
     
    सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले उक्त विषयमा सभामुखको रुलिङ र प्रधानमन्त्रीको स्पष्टीकरण आवश्यक रहेको बताएका छन् । सम्बोधनका क्रममा दुलालले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भनिएको समाचारप्रति सरकारको आधिकारिक जवाफ माग गरेका छन् । भारतीय सुरक्षा निकायका उच्च पदाधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले यसबारे यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

    उनले पूर्वी नेपालको इलाममा चिया उद्योगले भोग्नुपरेको संकटप्रति पनि सदनको ध्यानाकर्षण गराएका छन् । भारतीय अवरोधका कारण इलामको प्रसिद्ध चिया उद्योग बन्द हुने अवस्थामा पुगेको र त्यसबाट किसान तथा व्यवसायीहरू ठूलो पीडामा रहेको उनले बताएका छन्। 

    उनले भने, ‘भारतीय अवरोधले उद्योगधन्दा र रोजगारी बन्द हुने स्थिति सिर्जना भएको छ, यसतर्फ सरकारको ध्यान किन जान सकेको छैन ?’

    प्रमुख सचेतक दुलालले देशमा हालै घटेका विभिन्न घटनाहरू(जस्तै टेम्पो पल्टाइएको, घरका छानामा ढुङ्गा प्रहार गरिएको र उद्योगहरू बन्द हुन लागेको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने धारणा राखेका छन् । 

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १२:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij