२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । विपक्षी दल नेकपा एमालेले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अभिव्यक्त गरेको अतीतको बोझ बोक्न सक्दैनौ भन्ने भनाइबारे जवाफ मागेको छ ।
प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले व्यक्त गरेको अभिव्यक्तिको जवाफ मागेकी हुन् ।
अर्यालले भनिन्, ‘परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग बस्दा इतिहासको बोझ बोक्न नसक्ने बताउनु भएको कुरा आएको छ,’ ‘पारी बाघ कराएको यता बाख्रो हराएको जस्तो भएको छ । अतीतको बोझ बोक्न सक्दैनौँ भनेर के विषय भन्न चाहनु भएको हो, त्यसको जवाफ माग्न चाहन्छौँ ।’
अर्यालले कालापानी लिपुलेक लगायतका जमिनबारे नेपालको दाबालाई बोक्न सक्दैनौ भनेर परराष्ट्रमन्त्रीले भन्न खोज्नु भएको हो भन्ने प्रश्न पनि गरिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij