Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अहिलेसम्मकै सानो बजेट ल्याउँदै मधेश प्रदेश

अहिलेसम्मकै सानो बजेट ल्याउँदै मधेश प्रदेश


  • 1.2K
    Shares

    अहिलेसम्मकै सानो बजेट ल्याउँदै मधेश प्रदेश
    images

    काठमाडौं । मधेश सरकारले आज अहिलेसम्मकै सानो आकारको बजेट ल्याउँदैछ । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात समेटेर आगामी आर्थिक वर्ष २०८३\०८४ को लागि बजेट ल्याउन लागेको हो ।

    आज सदनमा अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसको लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

    मधेश सरकारले आज स्थापनाकालदेखि अहिलेसम्मकै सानो आकार अर्थात ४२ अर्बभित्रको बजेट ल्याउन लागेको हो । चालु र पुँजीगत गरी ४१ अर्बको हराहरीमा बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

    यसअघि गत वर्ष मधेश सरकारले चालु आर्थिक वर्ष ८२\८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । तर, पछिल्लो समयमा करिब १२ अर्ब रुपैयाँ बजेट घाटा भएपछि सरकारले प्रत्येक विकासे योजनामा २० प्रतिशतसम्मको बजेट कटौती गरेको छ ।   

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १०:२०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij