Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मौसम पूर्वानुमान

आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना


  • 2.2K
    Shares

    आज यी ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौं । देशका विभिन्न ठाउँमा आज वर्षाको सम्भावना छ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव रहँदा मध्यमसम्मको वर्षाको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागमा साथै कोसी प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । 

    पहाडी भूभागमा तथा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    कोसी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।  

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 

    कोसी प्रदेशको तराईका थोरै स्थानमा तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - ०६:३६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij