Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

टेम्पो भिरमा खसालिएको घटना: १० जना नियन्त्रणमा, सोधपुछ जारी

टेम्पो भिरमा खसालिएको घटना: १० जना नियन्त्रणमा, सोधपुछ जारी


  • 1.6K
    Shares

    टेम्पो भिरमा खसालिएको घटना: १० जना नियन्त्रणमा, सोधपुछ जारी
    images

    धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले छ र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरेर १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले वन कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

    उनकाअनुसार गाईबाँधेमा महिलाले खुद्रा सामान बिक्रि गर्न प्रयोग गर्दै आएको टेम्पो भीरबाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ । भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पो वन कर्मचारी र वन रक्षकले भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    डिभिजन वन कार्यालय धनगढीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रुपमा प्रयोग गरेर सडक छेउमा राखिएको जनाएको छ । विगतदेखि नै छाप्रो हटाउन भन्दा समेत आनाकानी गरेपछि शुक्रबार बल प्रयोग गरेर हटाइरहेको अवस्थामा भीरालो भूगोल र सन्तुुलन नमिल्दा भीरमा खसेको दाबी गरेको थियो ।

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - २०:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij