Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेखर कोइराला भने: कुनैपनि हालतमा पार्टीलाई फुट्न दिन्न

शेखर कोइराला भने: कुनैपनि हालतमा पार्टीलाई फुट्न दिन्न


  • 2.3K
    Shares

    शेखर कोइराला भने: कुनैपनि हालतमा पार्टीलाई फुट्न दिन्न
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नेपाली कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने बताएका छन् । विराटनगरमा आयोजित पार्टीको संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले एकढिक्का बनाएर अगाडि बढाउने बताएका हुन् ।

    भेलालाई सम्बोधन गर्दै कोइरालाले पछिल्लो समय पार्टीभित्र निरंकुशताको संकेत देखिएको बताएका छन् । उनले अहिले मुलुकमा लोकतन्त्र धरापमा पर्दै गएको र निरंकुशता हाबी हुन खोजेको प्रति चिन्ता व्यक्त गर्दै कांग्रेसभित्र पनि आन्तरिक लोकतन्त्रको अभाव र निरंकुशतावादी चरित्र बढ्दै गएको टिप्पणी गरेका छन्। 

    ‘नेपाली कांग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो,’ कोइरालाले भने, ‘तर अहिले अद्यावधिक गर्न नमानेको बहानामा देशैभरिका वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको छ । यो निरंकुशताको सुरुवात हो, जुन कांग्रेसको आदर्शविपरीत छ ।’ 

    उनले थपे, ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, पार्टी फुट्दैन र म फुट्न दिने पनि छैन । ढुक्क भएर संगठन निर्माणमा लाग्नुहोस्,’।

    उक्त प्रस्तावमा १५औँ महाधिवेशनका लागि सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनपछि नवीकरण र वितरण गरिसकेका सदस्यताकै आधारमा महाधिवेशन सुनिश्चित गर्ने, १४औँ महाधिवेशनका केन्द्रीय सदस्य र विशेष महाधिवेशनका प्रतिनिधिहरूलाई एउटै हैसियत प्रदान गर्ने, सभापतिको बहुमत हुने गरी समितिहरू गठन गर्ने र विभिन्न समितिहरू बनाउँदा आपसी समझदारीमा गर्ने विषय समेटिएको जानकारी दिए। यो सहमति भएको एक महिनाभन्दा बढी भइसक्दा पनि कार्यान्वयन नभएो भन्दै उनले नेतृत्वमाथि प्रश्न उठाएका छन्।

     

     

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १७:३०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij