Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपाले रकम तोकेरै व्यवसायीसँग चन्दा मागेकाे पत्र सार्वजनिक

रास्वपाले रकम तोकेरै व्यवसायीसँग चन्दा मागेकाे पत्र सार्वजनिक


  • 960
    Shares

    रास्वपाले रकम तोकेरै व्यवसायीसँग चन्दा मागेकाे पत्र सार्वजनिक
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेरै आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएको छ।

    कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग ३० हजार रूपैयाँ सहयोग मागिएको पत्र सार्वजनिक भएपछि यस विषयले चर्चा पाएको हो ।

    रास्वपाका कृष्णपुर-१ का वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको पत्रमा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गर्दै ३० हजार रूपैयाँ चन्दा सहयोग मागिएको छ ।

    पत्रमा उक्त निर्माण कम्पनीले विगतदेखि वडामा विभिन्न विकास निर्माणका काम गर्दै आएको र स्थानीय समुदायसँग समेत सहकार्य गर्दै आएको उल्लेख गरिएको छ। साथै पार्टीको असार १ गतेदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश अधिवेशन तथा असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आर्थिक स्रोत आवश्यक परेको जनाइएको छ।

    सोही प्रयोजनका लागि कम्पनीसँग ३० हजार रुपैयाँ सहयोगको अपेक्षा गरिएको पत्रमा उल्लेख छ ।
    रास्वपा वडा सभापति बोहराले भने अधिवेशनका लागि नभई सडक मर्मतका लागि आर्थिक सहयोग मागिएको बताए ।

    ‘मैले सडक मर्मतका लागि सहयोग माग्दै साथीहरुमार्फत पत्र पठाएको थिए,’ उनले भने, ‘तर, पत्रमा उहाँहरूले अधिवेशनका लागि भन्दै लेखिदिनुभएको रहेछ । त्यो विषय थाहा पाउने बित्तिकै पत्र फिर्ता ल्याइसकेको छु ।’

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १६:१३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij