Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्: धवलशमशेर राणा

दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्: धवलशमशेर राणा


  • 1.2K
    Shares

    दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्:  धवलशमशेर राणा
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा। धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई स्थापित गराउन आफूहरुले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको बताएका छन् ।

    आईतवार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । नेता राणाले नयाँ पार्टीको नेतृत्व राजा र हिन्दु राष्ट्रको एजेण्डालाई बोकेर निमुख जनताको नेता बने भन्दै दुर्गा प्रसाईले गर्ने पनि बताएका छन् ।

    राजा र हिन्दु राष्ट्र बोकेको एजेण्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता ब्राण्ड भएकाले प्रसाईंले पार्टीको नेतृत्व गर्ने उनको भनाई थियो । नेता राणाले नयाँ बन्ने पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र हिन्दु राष्ट्र मुलुकमा कायम गरिछाड्ने संकल्प लिएको पनि बताएका छन् ।

    उनले भने, ‘राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई रेस्क्यू गर्नुपर्छ । र यो एजेण्डालाई रेस्क्यू गर्दा सबै राष्ट्रवादी, राजावादी एक ठाउँमा ल्याउनु पर्छ भन्ने क्रममा सबभन्दा पहिला दृष्टि हाम्रो दुर्गा प्रसाईंजी माथि गयो । उहाँ एउटा राजा र हिन्दु राष्ट्र बोकेको यो एजेण्डालाई लिएर देशव्यापी रुपमा निमुखा जनताको नेता हुनु भएको छ । एउटा ब्राण्ड हुनुभएको छ । र, उहाँ र हाम्रो सल्लाह मिलेको छ । उहाँ हाम्रो बाण्ड हुने, पार्टीको  नेता हुने र हामीले पार्टी चलाउने हो । र, भोलीको दिनमा जुन खाँचो छ नेपालका एउटा मजबुत राष्ट्रवादी शक्ति हामी निर्माण गर्न गईरहेका छौ । र, आजको उपस्थितिले र देशभरीबाट आएको सन्देश र संकेतहरुले पनि के सावित भईरहेको छ भने यो दुई तिन महिना भित्र नै यो एउटा मजुबत शक्तिको रुपमा नेपाली जनताको माझमा जानेछ ।’

     

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १५:०२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij