Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल

बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल


  • 841
    Shares

    • images
    बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणको सिलसिलामा आज बेइजिङ पुगेका छन् । उनलाई चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।

    चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा गएका हुन् । उनी आजैदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुने भएका छन् । उनको आज पहिलो कार्यक्रम नेपाली समुदायसँग अन्तर्क्रिया रहेको छ ।

    भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यी र चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

    राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनेछन् । सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

     

    images
    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १२:२२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij