Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते

सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते


  • 1.3K
    Shares

    सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवलदारको मृत्यु, २ जना घाइते
    images

    काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवलदारको मृत्यु भएको छ । दुर्घटनामा एक जना सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन् ।

    मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतीपुर बस्ने अन्दाजी ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवलदार तिलक कँडेल रहेका छन् । फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कँडेलको उपचारको क्रममा मृत्यु भएको हो ।

    आज बिहान अवैध रूपमा भारततर्फ लैजान लागिएका २ वटा भैँसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

    दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौरा घर भएका अन्दाजी ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाह घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बाँके रिफर गरिएको छ ।

    यस्तै ट्रक चालक मकवानपुर बागमती गाउँपालिका–५ समरी बस्ने अन्दाजी ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन् । उनको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १०:४३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij