Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वन कर्मचारीले टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

वन कर्मचारीले टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध


  • 1.5K
    Shares

    वन कर्मचारीले टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध
    images

    कैलाली । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय गरेको भन्दै एक सर्वसाधारणको टेम्पो भीरबाट खसालिदिएपछि चौतर्फी विरोध सुरु भएको छ । गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले जीविकोपार्जनका लागि सामान ओसारपसार गर्न प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट लडाइदिउका हुन् ।

    पीडित धामीका अनुसार गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उनको टेम्पोबाट वन कर्मचारीले सामान झारेर भीरतर्फ खसालिदिएका थिए । ‘सामान झार्नुभयो, गाडी हामी आफैँ घर लैजान्छौँ भन्दा पनि कसैले सुन्नुभएन,’ धामीले भनिन्, ‘टेम्पो बिग्रिएपछि अहिले परिवारको दैनिकी नै संकटमा परेको छ ।’ उनले आफूले गल्ती गरेको भए कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्नेमा राज्यको निकायले रोजीरोटीको आधार नै नष्ट गरिदिएको भन्दै कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।

    स्थानीयवासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनको माध्यममाथि क्षति पुर्‍याइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल र स्थानीय स्तरमा यो कदमको विरोध गर्दै कारबाहीको माग भइरहेको छ ।

    यता, डिभिजन वन कार्यालय धनगढीले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत सो क्षेत्रमा ४७ वटा अवैध संरचना हटाइएको जनाएको छ । घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले यस विषयमा छानबिन सुरु गरेको छ । यो घटनाको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - ०९:३०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij