२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नेपाली भूमिमा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि सीमा क्षेत्रमा तनाव सिर्जना भएको छ। बिहीबार बिहान भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का करिब ६ जना सुरक्षाकर्मी हतियारसहित नेपाली क्षेत्रमा पसेपछि स्थानीय बासिन्दाले तीव्र विरोध जनाएका हुन्।
स्थानीय किसानका अनुसार भारतीय सुरक्षाकर्मीहरू हतियारसहित नेपाली भूमिमा रहेको उखु खेती गरिएको क्षेत्रभित्र प्रवेश गरेका थिए। नेपाली भूभागमा विनाअनुमति सुरक्षाकर्मी देखेपछि स्थानीय किसान तथा बासिन्दाले उनीहरूलाई कारण सोध्दै प्रतिवाद गरेका थिए। स्थानीयको प्रतिवाद र चर्को विरोधपछि केही समय विवाद भएको थियो।
स्थिति तनावग्रस्त बनेपछि भारतीय सुरक्षाकर्मीहरू पुनः भारतीय भूमितर्फ नै फर्किएका छन्। यस घटनाका सम्बन्धमा नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले भारतीय सुरक्षाकर्मीहरू नियमित गस्तीका क्रममा नेपाली भूमिमा आइपुगेको जानकारी र्दिएका छन्। भण्डारीका अनुसार भारतीयतर्फ रहेको एउटा कल्भर्ट भत्किएका कारण बाटो बन्द भएपछि उनीहरूले वैकल्पिक मार्गका रूपमा नेपाली किसानको उखुबारीको आली (पैदल हिँड्ने बाटो) प्रयोग गरेका थिए।
भारतीय सुरक्षाकर्मीले आफ्नो बाटो बिग्रिएकाले अस्थायी रूपमा नेपाली खेतको आली प्रयोग गरेको जानकारी स्थानीय किसानलाई गराएका रहेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij