Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारसँग १ लाख ३८ हजार मेट्रिक टन मल मौज्दात

सरकारसँग १ लाख ३८ हजार मेट्रिक टन मल मौज्दात


  • 1.3K
    Shares

    सरकारसँग १ लाख ३८ हजार मेट्रिक टन मल मौज्दात
    images

    काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजारमेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ ।
     
    राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गिता चौधरीले यस्तो दाबी गरेकी छन् । उनकाअनुसार ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई वितरण समेत गरिसकेकिएको छ । 

    उनले गोदाममा रहेको र भित्रिएर प्रणालीमा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको बताएकी छन् । मन्त्री चौधरीले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिव ६ लाख मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै यो हालसम्मकै सबैभन्दा ठूलो आपूर्ति परिमाण भएको दाबी गरेकी छन्। असारदेखि साउनसम्म करिव ९० हजार मेट्रिक टन मल भित्रिने सरकारको अनुमान रहेको पनि बताइन्।

    उनले भनिन्, ‘चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई विक्री वितरण गरिसकिएको छ । गोदाममा रहेको र नेपाल भित्रिएर र गोदाममा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्मको अवधीमा कुल ६ लाख मेट्रिक टनको हारहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने जानकारी गराउँदछु, जुन अहिलेसम्मकै धेरै परिणाम हो । 

    मलको समान वितरणको लागि एकद्धार प्रणाली लागू गरिएको समेत मन्त्री चौधरीले जानकारी दिएकी छन् । 

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १७:२२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij