Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 1.1K
    Shares

    रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
    images

    काठमाडौं ।  रोल्पामा बिहीबार बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर दुर्घटना भएको हो । माडी गाउँपालिका–१ पात्लेस्थित बल्ले–झिनुवाभित्री सडकमा उक्त ट्रक दुर्घटना भएको हो ।

    दुर्घटनामा सल्यानको बागचौर नगरपालिका–४ दुदिलाबोटका ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए ।

    ट्रक चालक घाइते छन् । 

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १४:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij