Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल

संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल


  • 680
    Shares

    • images
    संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल
    images

    काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा विद्यमान संकटको समाधान प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हातमा रहेको बताएका छन् । 

    बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री साहले नेपालले पनि भारतको भूमि मिचेको छ भनि आफूले दिएको अभिव्यक्ति संसदको रोष्टममा उभिएर गम्भिर भूल थियो भनेर स्विकार गरेमा संसदमा विद्यमान संकट समाधान हुने बताएका छन् । नेता बादलले प्रधानमन्त्री साहले त्यसो नगरे रास्वपा सभापति लामिछानेले पार्टी सभापतिको हैसियले प्रधानमन्त्री साहलाई उक्त वक्तव्य राष्ट्रविरोधी भएकाले त्यसलाई फिर्ता लिनु भनेर निर्देशन दिएपनि संसदको गतिरोध अन्त्य भएर जाने जिकिर गरेका छन्। 

    उनले तेस्रो विकल्पको रुपमा प्रधानमन्त्रीले दिएको उक्त वक्तव्य सभामुख डोलप्रसाद अर्यालले संसदको रेकर्डबाट हटाउन रुलिङ गर्दा पनि संसदको गतिरोध अन्त्य हुने प्रश्ताव गरेका छन् । 

    उनले भने,‘ यो संकटको समाधान कसको हातमा छ त रु भनेर त्यसलाई एउटा निष्कर्षमा पुगेर हामीले बुझदाखेरी यो संकटको समाधान वा संकट मोचक दुई जना पात्रहरुको हातमा छ । यो संकटको समाधान दुई जनाको हातमा छ । ती दुई जना पात्र भनेको सम्माननीय प्रधानमन्त्रीको हातमा छ यो संकटको समाधान । उहाँले यो रोष्टममा आएर मैले जो बोले, नेपालको भारतका धेरै जग्गाहरु मिचेको छ भनेर जो मैले भनेँ यो इतिहासको तथ्यसँग मेल खाँदैन। यो मेरो ठूलो ऐतिहासिक भुल थियोभनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ । 

    images
    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १७:०८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij