२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ।
संसदमा लामो समयदेखि देखिँदै आएको गतिरोध अन्त्य गर्न र दलहरूबीच सहमति जुटाउनका लागि सत्तापक्ष र विपक्षी दलहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले बैठकको समय सारिएको हो।
दलहरूबीचको वार्ता जारी रहेका कारण संघीय संसद् सचिवालयले सूचना टासेर बैठक स्थगित भएको जानकारी गराएको छ। संसदको गतिरोध अन्त्य गरी सदनलाई सुचारु रूपमा अगाडि बढाउने विषयमा अहिले शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij