२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेकपा एमाले सांसद पुष्पराज कँडेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले अर्थमन्त्रीले बारम्बार अघिल्ला सरकार र अर्थमन्त्रीहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहो¥याउन नहुने बताएका छन् ।
कँडेलले अर्थमन्त्री स्वयं पनि विगतमा राष्ट्रिय योजना आयोगलगायत नीतिगत निकायमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अघिल्ला सबै निर्णय र प्रक्रियाबाट आफूलाई पूर्ण रूपमा अलग देखाउन नमिल्ने बताएका छन् ।
उनले भने, नयाँ सरकार सुशासन, पारदर्शिता र सुधारको एजेन्डा लिएर आएको हो भने उसले विगतका कमजोरी दोहो¥याउनु हुँदैन । अघिल्लाहरूले गल्ती गरेका थिए भने पनि त्यसलाई आधार बनाएर अहिले गल्ती गर्ने छुट कसैलाई हुँदैन । यसपटक देखिएको त्रुटि किन भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ । अर्थमन्त्रीज्युको नियत खराब छ भन्ने आधार हामीसँग छैन । उहाँको नियत सफा नै होला । तर विगतका सबै व्यक्ति भ्रष्ट थिए र सबै समस्या भ्रष्टाचारकै कारणले भएका हुन् भन्ने निष्कर्ष पनि सही होइन । हिजो त्यो तर्क गलत थियो भने आज पनि गलत नै हुन्छ । राजनीतिमा आउने अधिकांश मानिसहरू सेवा गर्ने उद्देश्यका साथ नै आउँछन् भन्ने मेरो विश्वास छ । उनीहरू समाज र देशका लागि योगदान दिने सोचका साथ राजनीतिमा प्रवेश गरेका हुन्छन् । त्यसैले सबैलाई एउटै तराजुमा राखेर मूल्यांकन गर्नु उचित हुँदैन । अब म केही प्राविधिक विषयमा जान चाहन्छु । विशेषगरी मूल्य अभिवृद्धि करको दुई–दर प्रणाली का सम्बन्धमा। मैले बुझेको र अध्ययन गरेको आधारमा नेपालको कर प्रशासनले विगतदेखि नै बहु–दर वा दुई–दर भ्याट प्रणालीलाई स्वीकार गरेको थिएन ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij