२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्न विपक्षी दलका नेताहरू बैठकमा जुटेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा विपक्षी दलरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू अहिले छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा नेताहरू छलफलमा छन् । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निश्कल राई, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र प्रवेश हमाल तथा प्रमुख सचेतक युवाराज दुलाल सहभागी रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली पनि बैठकमा सहभागी रहेको आङदेम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij