Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्

ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्


  • 799
    Shares

    ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ताहरूलाई आपसी मतभेद त्यागेर एकताबद्ध हुँदै जनताको माझमा सक्रिय हुन निर्देशन दिएका छन् ।

    उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा गठन भएको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको मङ्गलबार आयोजित बैठकमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिएका हुन्।

    पार्टीलाई अझ सङ्गठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन निर्देशन दिएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन्। 

    कार्यदलको पहिलो बैठकमा निर्वाचन समीक्षा, सङ्गठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १६:०८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij