Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बजेट महत्वकांक्षी छ, सरकारले चाहे कार्यान्वयन हुनसक्छः महत

बजेट महत्वकांक्षी छ, सरकारले चाहे कार्यान्वयन हुनसक्छः महत


  • 848
    Shares

    बजेट महत्वकांक्षी छ, सरकारले चाहे कार्यान्वयन हुनसक्छः महत
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले प्रश्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट महत्वाकांक्षी रहेको बताएका छन् । 

    नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको कार्यक्रममा महतले राष्ट्रिय योजना आयोगले प्रश्ताव गरेको आकारभन्दा करिव डेढ खर्ब रुपैयाँ बढीको विनियोजन प्रश्ताव गरिएको बताउँदै ठूलो आकारको बजेट प्रश्तुत गरिएपनि सरकारले चाहने हो भने यो बजेट कार्यान्वयन हुन सक्ने बताएका हुन्। उनका अनुसार सरकारसँग राम्रो जनादेश छ । यो जनादेशले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सक्ने उनको भनाइ छ ।

    महतले पछिल्लो आन्तरिक ऋणमा निर्भरता बढ्दै गएको बताउँदै बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले तत्काल स्रोत व्यवस्थापनमा समस्या नदेखिएको बताएका छन्  । यद्यपि साधारण तथा पुँजीगत खर्च दुवैका लागि आन्तरिक ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्ने उनको भनाइ छ ।

    सरकारले आगामी आर्थिक वर्षका लागि राखेको सात प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यबारे महतले निजी क्षेत्रको सक्रिय परिचालन र प्रभावकारी पुँजीगत खर्चमार्फत उक्त लक्ष्य हासिल गर्न सकिने बताएका छन् । बजेटमा समेटिएका नीतिगत व्यवस्थाले निजी क्षेत्रलाई लगानी विस्तारका लागि प्रोत्साहित गर्ने उनको भनाइ छ । महतले हाल मुद्रास्फीति नियन्त्रणको दायराभित्र रहेकाले मूल्यवृद्धिसम्बन्धी लक्ष्य पनि प्राप्त हुनसक्ने बताएका छन । 

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १४:२८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij