Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

अर्थमन्त्री वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै एमालेको आपत्ति

अर्थमन्त्री वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै एमालेको आपत्ति


  • 799
    Shares

    अर्थमन्त्री वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै एमालेको आपत्ति
    images

    काठमाडौं । नेकपा (एमाले)ले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद क्षितिज थेवेले यस्तो आपत्ति जनाएका हुन् । 

    संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको आर्थिक विधेयकमा विद्युतीय सवारीसाधनको करका दरमा फरक देखिएको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । संसद्मा टेबल भइसकेको कुनैपनि विधेयकमा संसद्को पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्नसक्ने संसदीय नियम र अभ्यासविपरित अर्थमन्त्री डा। वाग्लेले करका दरमा संशोधन गरेर अर्थ मन्त्रालयको वेभसाइटमा दर्ता गराएको थियो ।

    उनले भने, ‘जेठ १५ गते अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरियो । संसदमा आर्थिक विधेयक दर्ता भयो । उक्त विधेयकमा २० लाखदेखि ३० लाखसम्म मूल्य पर्ने विद्युतीय सवारीको दररेट छुटेको थियो । भोलिपल्ट मन्त्रालयको वेभसाइटबाट डिलिट भयो । फेरि सच्याएर मन्त्रालयको वेबसाइटमा अपलोड गरियो । हामीलाई लागेको थियो यो मानवीय त्रुटी हो । तर सभामुख महोदय बजारमा प्रश्नैप्रश्न उठिरहेका छन् । यो त टाइपिङ मिस्टेक नभई नियतवस गरिएको रहेछ । आज भन्सारका कर्मचारी निलम्बित भइसक्नुभएको छ । संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेभसाइटमा राखिएको आर्थिक विधेयक फरक छ यसलाई संसदले गम्भीर रुपमा लियोस् । मानीय अर्थमन्त्रीज्यूले पनि गम्भीर रुपमा लिनुहोस् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’

    उनले प्रधानमन्त्री बालेन्द्र साह स्वयंले संसदको गतिरोध अन्त्य गर्न पहलकदमी लिनुपर्नेमा उनको जोड छ । 

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १३:४०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij