२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका-५ रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
बिग्रिएर सडक किनारमा रोकिएको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडि आज बिहान लु १२ प ९८४० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका-७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँ निवासी धनिराम चौधरी घाइते छन् । उनको उपचार लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij