२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वायुसेवा निगममा कार्यरत प्रबिन लामिछाने र सुमित्रा चन्द छन्। उनीहरू आइतबार पक्राउ परेका हुन्। पक्राउ पर्नेहरु ग्राउण्ड ह्याण्डेलिङ स्टाफ रहेका छन्।
ग्राउण्ड ह्याण्डेलिङमा कार्यरत वायुसेवाका कर्मचारीले काउन्टर सेटिङ गर्ने गरेको सुराक पाएपछि अध्यागमन विभागले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
अध्यागमन विभाग र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको पत्रको आधारमा अनुसन्धान गरेर दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन् ।
उनीहरुले एक जना भारतीय नागरिकलाई सुरुमा भारत जाने बोर्डिङ पास दिएका थिए। सुरक्षा जाँच पार गरेपछि उनलाई फेरी दुबई जाने बोर्डिङ पास दिएर काउन्टर सेटिङ गरेको आरोप छ । जेठ ३ मा ती भारतीय नागरिक दुबई उडेको अध्यागमनको रेकर्डमा भेटिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij