Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न दिँदैनौँ: पद्मा अर्याल

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न दिँदैनौँ: पद्मा अर्याल


  • 995
    Shares

    प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न दिँदैनौँ: पद्मा अर्याल
    images

    काठमाडौं । नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले प्रतिनिधि सभामा उपस्थित भई माफी नमागेसम्म सदनको अवरोध जारी रहने चेतावनी दिएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उपनेता अर्यालले प्रधानमन्त्रीको हालैको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरीन्।

    बैठकमा विशेष समय लिएर बोल्दै उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग भएको र ती भूमिहरू भारतबाट निःसर्त फिर्ता हुनुपर्नेमा जोड दिएकी छन्। राष्ट्रियताको मुद्दा कुनै एउटा प्रतिपक्षी दलको मात्र नभएर सिङ्गो ३ करोड नेपाली जनताको साझा सरोकारको विषय भएको उनको भनाइ थियो।

    आज पनि राष्ट्रियता सम्बन्धी बहस चलिरहेको छ, यो कुनै एउटा प्रतिपक्षको विषय मात्रै होइन, यो ३ करोड नेपाली जनताको विषय हो, हामी सबैको साझा विषय हो, सम्बोधनका क्रममा उपनेता अर्यालले भन्नुभयो, त्यसैले यो सम्मानित सभाबाट भूल सुधार गरौँ, हामी सबै एकताबद्ध बनौँ, राष्ट्रियताको मामिलामा पक्ष–विपक्ष हामी नहोऔँ।

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १३:२४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij