Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्थानीय तहलाई स्वायत्तता दिन माग गर्दै जनमत पार्टी सडकमा (तस्बिरहरू)

स्थानीय तहलाई स्वायत्तता दिन माग गर्दै जनमत पार्टी सडकमा (तस्बिरहरू)


  • 1.0K
    Shares

    स्थानीय तहलाई स्वायत्तता दिन माग गर्दै जनमत पार्टी सडकमा (तस्बिरहरू)
    images

    काठमाडौं । जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। 

    पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरू सहभागी रहेको उक्त प्रदर्शनमा ‘कांग्रेस-कम्युनिस्टले ठगे’, ‘बालेन, नठग’, ‘स्वायत्तता दिने आफ्नो वाचा पूरा गर’ र ‘स्थानीय सरकारलाई अधिकार दे’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरिएको थियो।

    प्रदर्शनकारीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार स्थानीय तहलाई संविधानले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने, स्थानीय सरकारलाई आवश्यक स्रोत-साधन र निर्णय गर्ने अधिकार सुनिश्चित गरिनुपर्ने तथा जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरेका थिए। 

    उनीहरूले विभिन्न राजनीतिक दलहरूले चुनावका बेला गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप लगाउँदै स्थानीय स्वायत्तता र जनउत्तरदायी शासन प्रणालीलाई बलियो बनाउन सरकार गम्भीर बन्नुपर्ने बताएका थिए।

    माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा नाराबाजी गर्दै स्थानीय तहको अधिकार कटौती नगर्न र सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

    j2.JPG j3.JPG

     

    j4.JPG

    janamat-party11.jpg

     

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - ११:२२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij