Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘नेपाली ब्रो’ श्रीमती हत्या काण्ड: युवतीसहित थप तीन जना प्रहरी फन्दामा

‘नेपाली ब्रो’ श्रीमती हत्या काण्ड: युवतीसहित थप तीन जना प्रहरी फन्दामा


  • 2.2K
    Shares

    ‘नेपाली ब्रो’ श्रीमती हत्या काण्ड: युवतीसहित थप तीन जना प्रहरी फन्दामा
    images

    काठमाडौं । काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ उपनामले चिनिने कुमार थापा मगरसहित चार जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, पैंयुटारमा ३८ वर्षीय कुमार थापा मगरले आफ्नै श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गरेका थिए ।

    चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि त्रि।वि। शिक्षण अस्पताल महाराजगंज पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनालगत्तै खटिएको प्रहरी टोलीले सोही राति ११ बजे कुमार थापा मगरलाई नियन्त्रणमा लिएको थियो । यस्तै, उक्त हत्या घटनामा संलग्न रहेको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्ने अन्य अभियुक्तहरूमा ३६ वर्षीय विक्रम थापा मगर, ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले चारै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको बताए । 

    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १७:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij