Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान

कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान


  • 1.2K
    Shares

    कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
    images

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । 

    प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ । नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् । 

    संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुखले प्रमुख सचेतकहरूको बैठक बोलाएको जानकारी दिएका छन् ।

    अहिलेसम्म प्रतिनिधिसभा नियमावली २०७९ बाट चलिरहेको थियो । जेठ १७ गते विपक्षी दलहरूको बेल घेराउबिच सत्तारुढ दलको बहुमतबाट प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो । त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन । 

    जेठ १९ गतेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेका लागि आह्वान भएको छ ।  

     

    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १७:०८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij