२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कोसी प्रदेश सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ। यस बारेमा सरोकारवाला र सर्वसाधारणसँग सुझाव माग गरेको हो।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय मागेका हुन्।
मुख्यमन्त्री कार्कीले हप्ताको पाँच दिन मात्र काम गर्दा कार्यदिन अपुग भएको र चर्चा गरिएजस्तो खर्च एवं इन्धन बचतमा कुनै ठोस उपलब्धि नदेखिएको स्पष्ट पारेका छन्।
यसअघि संघीय सरकारको निर्णय र सिको गर्दै प्रदेशमा पनि सरकारी सेवा र प्रशासनिक कामकारबाहीलाई व्यवस्थित गर्न भन्दै आइतबार समेत बिदा दिने अभ्यास गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij