Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रोमानिया पठाउने भन्दै ठगी गर्ने केएसए म्यानपावरका सञ्चालक पक्राउ

रोमानिया पठाउने भन्दै ठगी गर्ने केएसए म्यानपावरका सञ्चालक पक्राउ


  • 1.2K
    Shares

    रोमानिया पठाउने भन्दै ठगी गर्ने केएसए म्यानपावरका सञ्चालक पक्राउ
    images

    काठमाडौं । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा मोरङको रतुवामाई-८ स्थित केएसए म्यानपावरका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्यानपावर सञ्चालक उद्धव पाठक र कर्मचारी अभि भण्डारी रहेका छन् ।

    मोरङ प्रहरीका अनुसार झापा र मोरङका युवाहरूलाई लक्षित गरी भएको यस ठगी धन्दामा हालसम्म साढे ३ करोड रुपैयाँभन्दा बढीको दाबीसहित उजुरी परेको छ । पीडितहरू थपिने क्रम जारी रहेकाले ठगीको आकार अझै बढ्न सक्ने डीएसपी मकेन्द्रकुमार मिश्रले बताएका छन्। धेरैजसो कारोबार नगदमै भएकाले प्रमाण जुटाउन प्रहरीलाई चुनौती थपिएको छ ।

    लामो समय लुकिछिपी बसेका पाठक र भण्डारीलाई इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले नियन्त्रणमा लिएको हो । हिरासतमा रहेका पाठकले सम्पत्ति बेचेर रकम फिर्ता गर्ने दाबी गरे पनि पीडितहरूले विश्वास गरेका छैनन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १४:४६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij