२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद तथा नेकपा ९एमाले० नेता मङ्गलप्रसाद गुप्ताको निधन भएको छ।
भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा आइतबार बिहान उनको निधन भएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले जनकारी दिए ।
८० वर्ष नाघेका गुप्ता लामो समयदेखि राजनीतिक जीवनमा सक्रिय थिए । उनी २०३९ सालदेखि नै संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए ।
गुप्ताको पार्थिव शरीर मंगलबार मात्र कपिलवस्तुको कृष्णनगर ल्याइने र बुधबार अन्त्येष्टि गरिने तयारी रहेको एमाले जिल्ला अध्यक्ष खनालले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij