२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक सुदृढीकरण अभियानअन्तर्गत आइतबार गोरखामा जिल्ला अधिवेशन सुरु भएको छ।
पार्टीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा भाग लिन रास्वपाका केन्द्रीय नेता एवं गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङ गृहजिल्ला गोरखा पुगेका छन् ।
अधिवेशनमा भाग लिन पूर्वगृहमन्त्री गुरुङसँगै रास्वपाका उपमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि गोरखा पुगेका छन। नेता गुरुङको उपस्थिति र सक्रियताले स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरूमा उत्साह थपेको रास्वपा गोरखाले जनाएको छ।
गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट गत फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij