२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । एक हातले मोबाइल फोन समातेर भिडियो खिच्दै लापरवाहीपूर्ण तरिकाले मोटरसाइकल चलाउँदा दुर्घटनामा परेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङमाथि ट्राफिक प्रहरीले कानुनी कारबाही गरेको छ।
उदयपुरको कटारीबाट बेलकातर्फ आफैँ मोटरसाइकल चलाएर जाने क्रममा एक हातले भिडियो खिचिरहेका साम्पाङ सडकको ढुङ्गामा ठोक्किएर दुर्घटनामा परेका थिए। दुर्घटनामा उनी सामान्य घाइते भएका छन्। सडक सुरक्षा र ट्राफिक नियमको खुल्ला उल्लंघन गर्दै खिचिएको सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वसाधारणले उनीमाथि कारबाहीको तीव्र माग गरेका थिए।
जिम्मेवार जनप्रतिनिधिले नै सडकमा लापरवाही गरी गुडिरहेको सवारी साधनबाट भिडियो खिचेको र हेल्मेटको फित्ता समेत नलगाएको पाइएपछि ट्राफिक प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन कसुर अन्तर्गत कारबाही प्रक्रियामा ल्याएको हो। कानुन सबैका लागि बराबर हुने भन्दै प्रहरीले उनलाई नियमानुसार जरिवाना गराएको छ।दुर्घटना र कारबाहीपछि फेसबुकमा प्रतिक्रिया दिँदै साम्पाङले आफू लडेर आफैँलाई चोट लागेको भन्दै धेरै आलोचना नगर्न आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij