२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो पार्टीमा भित्र्याउने इच्छा व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै अध्यक्ष साम्पाङले हमाललाई आफ्नो दलमा आबद्ध गराउने धोको रहेको सार्वजनिक रूपमा बताएका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महानायक राजेश हमालज्यूलाई श्रम संस्कृतिमा ल्याउने धोको छ। जय श्रम। जय संस्कृति। जय माटो। जय देश।’
श्रम र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टी गठन गरेका साम्पाङले पछिल्लो समय प्रबुद्ध र स्थापित व्यक्तित्वहरूलाई आफ्नो अभियानमा जोड्ने प्रयास गरिरहेका छन्। महानायक हमाललाई पार्टीमा भित्र्याउने उनको यो नयाँ अभिव्यक्तिलाई राजनीतिक र सामाजिक वृत्तमा चासोका साथ हेरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij