Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग


  • 1.6K
    Shares

    बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
    images

    काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षा र सडक मर्मत कार्यका कारण केही मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कतिपय स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। नेपाल प्रहरीले आज बिहान ९ बजे जारी गरेको तथ्यंक अनुसार बागमती र कोशी प्रदेशका सडकहरू बढी प्रभावित भएका छन्।

    काठमाडौँ उपत्यकाको सतुङ्गल-चित्लाङ सडक खण्ड गत जेठ १६ गते गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। मर्मत कार्यका लागि यो सडक एक महिनासम्म बन्द रहने जानकारी दिइएको छ।

    त्यस्तै, बागमती प्रदेश अन्तर्गत बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्ड (खुरकोट-नेपालथो-कटुन्जेबेंसी)मा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अर्कोतर्फ, कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड पनि इन्द्रसरोवर गाउँपालिकामा मर्मत कार्य भइरहेकाले एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

    कोशी प्रदेशमा मध्य पहाडी लोकमार्गको पाँचथर खण्ड (याङवरक गाउँपालिका-२, दोभान) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। भोजपुर नगरपालिका-५, बोखिममा पनि बाढीले सडक क्षति पुर्‍याएको भए तापनि त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा यातायात सुचारु गरिएको छ।

    संखुवासभा खण्ड-मकालु गाउँपालिका-३, नयाँ बस्तीमा आजै बिहान गएको पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ। विभिन्न स्थानमा सडक अवरुद्ध र मर्मत कार्य जारी रहेकाले लामो दुरीको यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

    प्रकाशित मिति :जेठ २३ २०८३ शनिवार - १०:४१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij