Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री, नर्थ डेस्क प्रमुखले गरे स्वागत

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री, नर्थ डेस्क प्रमुखले गरे स्वागत


  • 2.9K
    Shares

    नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री, नर्थ डेस्क प्रमुखले गरे स्वागत
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगेका छन् । आजबाट भारत भ्रमणमा रहेका मन्त्री खनाललाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नर्थ डेस्क (नेपाल–भुटान) हेर्ने अतिरिक्त सचिव (प्रमुख) मनु महावरले स्वागत गरेका छन् ।

    भारतीय विदेशमन्त्री डा। एस। जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा गएका हुन् । उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशको प्राथमिकताबारे संवाद गर्ने बताएका ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा। जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।  

     

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १६:४७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij