Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपाले गठन गर्‍यो ७७ वटै जिल्लामा निर्वाचन समिति

रास्वपाले गठन गर्‍यो ७७ वटै जिल्लामा निर्वाचन समिति


  • 1.1K
    Shares

    रास्वपाले गठन गर्‍यो ७७ वटै जिल्लामा निर्वाचन समिति
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ। शनिबार र आइतबार ७७ वटै जिल्लामा हुने अधिवेशनका लागि तीन सदस्यीय समिति गठन भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन्। 

    बागमती र मधेसका केही पालिकामा उजुरी परेकाले अधिवेशन स्थगित भएको तथा कतिपय स्थानमा फेरि निर्वाचन गर्न निर्देशन दिएको उनले जानकारी दिएका छन् । 

    रास्वपाको मौजुदा विधान अनुसार एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव, समावेशी सदस्य पाँच, प्रत्येक निर्वाचन क्षेत्रबाट एकरएक जना जिल्ला अधिवेशनबाट निर्वाचित हुनेछन्। 

    सभापतिले निर्वाचित समितिबाट एक जना कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । कुल जिल्ला समिति बिजोर हुने गरी सभापतिले दुई वा तीन जना मनोनीत गरेर जिल्ला समिति गठन गर्न सक्नेछ। 

    आगामी असार ७, ८ र ९ गते चितवनमा रास्वपाको प्रथम महाधिवेशन हुनेछ।  

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १६:४०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij