Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’

ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’


  • 1.7K
    Shares

    ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
    images

    काठमाडौं । ललितपुरको बखुन्डोलस्थित नेपालको पहिलो शुन्य फोहोर अवधारणामा आधारित ‘जेरो क्याफे’ले विश्व वातावरण दिवसको उपलक्ष्यमा प्लास्टिकजन्य फोहोर रिसाइकलसम्बन्धी कक्षाहरु सञ्चालन गरेको छ । 

    शुक्रवार विश्व वातावरण दिवसको अवसरमा क्याफेले स्थानीय उत्पादनको प्रयोग गर्दै फोहोर न्युनिकरण अभियानलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको हो । क्याफेका सञ्चालन नविन विकास महर्जनले क्याफेमा प्लास्टिकजन्य फोहोरलाई रिसाइकल गर्ने उपकरणहरु राखिएको बताए ।  महर्जनले ग्राहकले आफूसँग रहेको प्लास्टिकजन्य फोहोर ल्याएर रिसाइकल गरी विभिन्न उपयोगी सामग्री बनाउनसक्ने बताए । 

    उनले भने, ‘आज विश्व वातावरण दिवसको उपलक्ष्यमा काम गरेर देखाउने उद्देश्यले यो जेरो क्याफे खोलेका हौँ । अहिले शहरमा प्लास्टिक फोहोर एकदमै बढेको छ । यदि हाम्रोमा कसैले प्लाष्टिक लिएर आयो भने हामी कहाँ रहेका मेसिनमार्फत राम्रो सामान बनाएर लैजान सकिन्छ ।’

    उनले पछिल्लो समय शहरी क्षेत्रमा प्लास्टिकजन्य फोहोरको समस्या बढ्दै गएको भन्दै त्यसको न्यूनिकरणको पहल स्वरुप क्याफे सञ्चालनमा ल्याइएको समेत बताए।   

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १६:२५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij